कोरोना भाइरस कोविड-१९ ले विश्व अर्थतन्त्रमा पारेको असर ।
१) विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकी अर्थतन्त्र, वाल स्ट्रिट डाउ ३००० अंकले झरे पछि १९८७ पछिको नराम्रो दिन को रूपमा हेरिएको छ । यसले गर्दा विश्व अर्थतन्त्र फेरि एक पल्ट आर्थिक मन्दीको चपेटामा पर्ने हो कि भन्ने संका गरिएको छ ।
२) विश्वको उदाउँदो आर्थिक महाशक्ति चीन, कोरोना महामारीको प्रथम शिकार भएको थियो। चीनको औद्योगिक उत्पादनमा -१० प्रतिशत , खुद्रा व्यापारमा -२०.४ प्रतिशत, अचल सम्पत्ति लगानीमा -२० प्रतिशतले ह्रास आएपछि घरजग्गा व्यापारलाई पनि गम्भीर असर गरेको छ। समग्रमा चीन को अर्थतन्त्र कोविड-१९ को महामारीले गत दुर्इ महिना देखि ठूलो संकटमा फसेको छ।
३) कोरोनाको महामारी आतंक इटालीबाट सुरु भई अहिले स्पेन, फ्रान्स, युके, जर्मन आदि युरोप का सबै आर्थिक शक्तिलाई ठूलो असर पारेको छ। युरोपेली राष्ट्रले यो समय लाई युद्धकालीन समयको अर्थात् वार टाइम मेजरस्को रूपमा हेरेका छन्। माग र आपूर्ति दुवैमा ह्रास हुँदा। युरोपको बजारको स्थिति एकदमै नाजुक अवस्थामा रहेको छ। जानकारहरु आउँदो साता यूरोपको स्थिति चीनको भन्दा भयावह हुने अनुमान गरेका छन्।
४) माग र आपूर्तिको झट्का अर्थात् सप्लाई सक र डिमाण्ड सक का कारण एशिया तथा अफ्रिकाका धेरै जसो मुलुकहरुमा आर्थिक मन्दी हुने संखा बढेको छ ।
५) कोरोना महामारीको कारण नेपालमा पनि बजारमा दैनिक उपभोग्य वस्तुको अभाव र सरकार द्वारा घोषणा गरिएको टुरिजम भ्रमण वर्ष स्थगन गर्नुपरेको छ। विश्व कोरोना महामारीको कारण आर्थिक गतिवितिमा ह्रास आउँदा नेपाल पनि यसबाट अछुतो रहनसकेको छैन ।