संवादाता
पैगम्बर मुहम्मदमाथि प्रवक्ताबाट भएको विवादित टिप्पणीले भाजपा नेतृत्वको सरकार विश्व समुदायबाट घेरिएका बेला भाजपाका नेतृत्वले १३ देशका राजदूतलाई नयाँदिल्लीस्थित भाजपा मुख्यालय भ्रमण गराएका छन्। भाजपाका अध्यक्ष जेपी नड्डाले नेपालसहित अष्ट्रिया, क्रोएसिया, चेक रिपब्लिक, इस्टोनिया, फिनल्याण्ड, जमैका, लिथुआनिया, मोरिसस, सर्बिया, स्पेन, थाइल्याण्ड र बेलायतका राजदूतलाई मुख्यालयमा स्वागत गर्दै पार्टीको दृष्टिकोण, नेतृत्व र कार्यक्रमबारे जानकारी गराएका थिए।