• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: बाइडेनको मध्य-पूर्व भ्रमण

Card image cap

स्थानीय समयअनुसार, जुलाइ १७ तारिख अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनले मध्य-पूर्व भ्रमण सकेर वाशिङ्टन पुगेसँगै विभिन्न मिडियामा उपहास हुन थालेको छ। भ्रमणअघि बाइडेनले अमेरिका र मध्य-पूर्व सम्बन्धको नयाँ पृष्ठ खोल्ने घोषणा गरेका थिए तर त्यो विफल भयो। न्यूयोर्करले टिप्पणी गरी यस चार दिने भ्रमणबाट मध्य-पूर्वमा बाइडेनको नीति पूर्ण रुपमा विफल भएको देखिएको उल्लेख गरेको छ।

ऊर्जा विषय बाइडेनको यस भ्रमणको महत्वपूर्ण कार्यक्रम थियो। तर बाइडेन र साउदी अरबका नेताहरूले वार्ता गरी प्रकाशित गरेको संयुक्त वक्तव्यमा देखिन्छ कि साउदी अरबले तेलको उत्पादन मात्रालाई ठूलो मात्रामा बढाउने स्पष्ट धारणा दिएको छैन। साउदी वैदेशिक मामिला मन्त्री अदेल अल-जुबेलले तेलको उत्पादन मात्रालाई बढाइनेछ कुरा बजारमा आपूर्ति अभावमा आधारित हुने विचार व्यक्त गरेका थिए। साथै तथाकथित मध्य-पूर्व गठबन्धनलाई सुदृढ पार्ने अमेरिकी लक्ष्य पनि विफल भएको छ। बाइडेनले भ्रमणअघि साउदीको सुरक्षा र विकास शिखर सम्मेलनमा खाडी राज्य र इजरेललगायत सैन्य गठबन्धन वा मध्य-पूर्व रूपान्तर नेटोको स्थापना गर्ने बताएका थिए। तर केही मुलुकले स्पष्ट विरोध गरेका छन्। इरानका प्रधानमन्त्री मुस्ताफा अल-काधिमीले कुनै क्षेत्रीय सैनय गठबन्धनमा संलग्न हुने इराकको कहिल्यै पनि विचार नभएको कुरा उल्लेख गरेका छन्। साउदी विदेशमन्त्री फाइसाल बिन फार्हान अल साउदले खाडी-इजरेल रक्षा गठबन्धनसम्बन्धी कुनै पनि छलफलबारे थाहा नभएको र त्यस्ता वार्तामा साउदी अरब संलग्न नहुने बताएका छन्।  बाइडेनको मध्य-पूर्व भ्रमण विफल भएबाट मध्य-पूर्वलाई भूराजनीतिक खेलको चेसको रूपमा राख्ने र राजनीतिक फाइदा पाउने अमेरिकी राजनीतिज्ञको लक्ष्य सम्पूर्ण विफल भएको देखिएको छ। 

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved