प्रवर्द्धन संवादाता २०७६ फागुन १७ गते
चीनपछि दक्षिण कोरिया पनि कोरोना भाइरसको चपेटामा परेको छ । दक्षिण कोरिया मा ५९४ नयाँ केसहरु देखिएका छन्। दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणबाट पीडित बिरामीहरूको संख्या २९३१ पुगेको छ।दक्षिण कोरियाका रोग नियन्त्रण र रोकथामक केन्द्रले यो जानकारी दिएको हो । यसैक्रममा चीनले दक्षिण कोरिया र जापान आफ्ना आपतकालमा सहयोग गर्ने मित्र रहेको र जापान र दक्षिण कोरियामा फैलिएको संक्रमण माथि चीनले ध्यान दिइरहेको र आवश्यक पाटोमा सहयोग समेत गर्ने बताएको छ ।