प्रवर्धन संवादाता । २०७६ चैत ४
कोरोनाको महामारीले कुनै सीमा, वर्ग र तप्काको भेदभाव नराखी विश्वलाई आतंक फैलाउने क्रम जारी राखेको छ। यी हुन् विश्वका केही हाई प्रोफाइल ब्यक्तित्व जसलाई कोरोना भाइरसले आफ्नो चपेटा मा परेका छन् ।
१) विश्व चर्चित ओस्कार विजेता हलिउडका अभिनेता टम ह्याङ्क्स र उनका पत्नी कोरोनको संक्रमण भएपछि दुवैको क्वारेन्टाइन मा उपचारमा छन् ।
२) क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुडो को पत्नी सोफी त्रुदो को पनि कोभिड-१९ जांच पोजिटिभ देखिएपछि डाक्टर को निगरानीमा राखिएको छ ।
३) इरानी उपराष्ट्रपति र उपस्वस्थ्य मन्त्री दुवैलाई कोरोना संक्रमण देखीएको छ। कोरोना भाइरस सम्बन्धी प्रेस सम्मेलनमा उपस्वस्थ्य मन्त्री ले रुमाले निदार पुछेको भिडियो विभिन्न सञ्चार माध्यममा भाइरल भएको थियो। प्रेस सम्मलेन र एक टिभि अन्तरवार्ता मा उनी कोरोना भाइरस को जोखिम बारेमा छलफल गर्दै गर्दा उनको स्वास्थ्य स्थिति नाजुक देखिन्थियो। त्यो अन्तरवार्ता सम्म उनको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको थिएन ।
४) स्पेनिस प्रधानमन्त्री बेगोना गोमेजका पत्नी पेड्रो सञ्चेज़ लाई पनि कोरोना भाइरस संक्रमण को रिपोर्ट बाहिर आएकोछ ।
५) युके का स्वास्थ्य मन्त्री नाडिन डोरेस पनि कोविड-१९ पोजिटिभ देखिएका छन् ।
कोविड-१९ ले कुनै पनि देशको जतिनै शक्तिशाली व्यक्ति भएपनि भाइरसले आफ्नो संक्रमण को चपेटामा पारेको छ। हालै एक सम्मेलनमा अमेरिकी राष्ट्रपति भाग लिँदा त्यो सम्मेलन मा विभिन्न व्यक्ति मा भाइरस जांच को रिपोर्ट पोजिटिभ देखिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि कोरोना भाइरस को जांच गरिएको छ।