• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


प्रवर्धन संवादाता । १० असार २०७७, बुधवार

: अष्ट्रेलियामा दुई नेपाली पक्राउ ।

Card image cap

दुई नेपाली नागरिक अष्ट्रेलियन वृद्धाहरुलाई दसौं हजार डलर ठगीको आरोपमा जेल हालिएको अष्ट्रेलियन समाचार संस्था 9 न्युज सिड्नी ले जनाएको छ। पक्राउ पर्नेमा २२ वर्षीय नेहा गिरी र १९ वर्षीय आयुष भट्टराई हुन् ।  उनीहरु ८५ वर्षीय वृद्धालाई ३००० अष्ट्रेलियन डलर ठगी गरे पछि पक्राउ परेका हुन् । अष्ट्रेलियन पुलिसका अनुसार आरोपित व्यक्तिहरू अन्तर्राष्ट्रिय ठगी गिरोह को सदस्य हुन् जस्ले बृद्धहरुलाई ठगीको निशाना  बनाउने  गर्दै आएका थिए । अष्ट्रेलियन पुलिसको अनुमानमा उनीहरु कुनै अन्तर्राष्ट्रियस्तरको ठगी गिरोहको सदस्य भनिए पनि त्यसको आधारमा भनी खुलाइएको छैन। नेहा गिरीको साना आपराधिक  हर्कतबाट भने धेरै व्यक्तिहरु पीडित भएको श्रोतबाट  जानकारी प्राप्त भएको छ।  आरोपितहरुलाई  अगस्टमा अदालतमा हाजिर गराइने छन्। 

 

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved