• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


श्रावण ६, २०७८

: ‘पेगासस’ प्रकरण

Card image cap

जर्मन चान्सलर एंगेला मर्केललगायत उच्च अधिकारीहरूको फोन अमेरिकी ‘नेसनल सेक्युरिटी एजेन्सी’ ले दशकदेखि नै ट्यापिङ गरेको विकिलिक्सले खुलासा गरेपछि सन् २०१५ मा दुई देशबीच कूटनीतिक सम्बन्धमा चिसिएको थियो । यही प्रकरणले गर्दा अमेरिकी सरकारले हालसम्म विकिलिक्सका सम्पादक जुलियन असाङजलाई बेलायतको सरकारसँग अमेरिका हस्तान्तरण गर्ने हालसम्म हरसम्भव प्रयास गरिरहेका छन्।

कुनै पनि नागरिकको र कूटनीतिज्ञका फोन जासुसी गर्नु गम्भीर अपराध मानिन्छ । इजरायली कम्पनी एनएसओले बनाएको स्पाइवेयर (जासुसी सफ्टवेयर) पेगाससमार्फत संसारभर करिब ५० हजार फोनको जासुसी गरिएको रिपोर्ट सार्वजनिक भएको छ । एनएसओले आतंकवादी गतिविधिको सूचना संकलन गर्ने उद्देश्यले पेगासस बनाएको जनाएको छ । राजनीतिकर्मी, संवैधानिक आयोगका पदाधिकारी, कूटनीतिज्ञ, पत्रकार र मानवअधिकारकर्मीको समेत फोन जासुसी गरिएको तथ्य सार्वजनिक भएको छ । दिल्ली रहेका चीन, इरान, पाकिस्तान र नेपालका राजदूतको समेत सफ्टवेयरबाट फोन ह्याक गरि जासुसी भएको अनुसन्धानले देखाएको छ । सूचना/प्रविधि विज्ञ पेगाससमार्फत नेपाली राजदूत  राजदूत नीलाम्बर आचार्यसमेत इन्टरसेप्सनमा परेको हुन सक्ने समाचार निकै गम्भीर रहेको बताउँछन् । 

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved