प्रबर्धन संवादाता 2078/7/13
एफ.बि अब मेटा
फेसबुकले आफ्नो कंपनिको मूल नाम मेटा राखेको छ जसको अन्तरगत फेसबुक, ह्वाट्सअप, इन्सटाग्राम सामाजिक संजाल लगायत फेसबुकका अन्य व्यापारिक प्रयोजन समेत समेटिने छ। यसले फेसबुकलाई सामाजिक संजाल मात्रमा सिमित नरहि अन्य व्यापारिक गतिबिधिमा समेत मार्ग प्रसस्त गर्ने छ। अनन्त चिन्हका साथ आएको मेटा नामले फेसबुकको व्यापारमा कस्तो फाइदा ल्याउँछ भन्ने कुराको विश्व समुदाय प्रतिक्षामा छ। मेटा नाम राख्न साथ फेसबुकको सेयरमार्केटको भाउमा चढाव आइनै सकेको छ भने यसअघि भर्चुअल रियालिटि जस्ता सफ्टवेर बजारमा ल्यएको फेसबुकले अब मेटा कोनाम वाट केकस्ता प्रडक्ट हरु बजारमा ल्याउदछ हेर्न बाँकिनैछ। यो कुराचाहिँ पक्का छ कि मेटाले आफनो बजार क्षमतामा धेरै बृद्धि ल्याउनेछ। मेटभर्स कथन दिएर फेसबुकले पक्कै अर्को दुनिया को छायाँ चित्र देखाउन खोजेको छ जसले फेसबुकलाई सर्वश्रेस्ट संस्थाको रुपमा कालान्तर सम्म स्थापित गर्ने छ।