• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: चीनले युक्रेन–रुस वार्तालाई स्वागत गर्दछ, निरन्तरता हुने आशा गर्दछः प्रवक?

Card image cap

१७ फागुन (रासस÷सिन्ह्वा) – चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिनु भएको छ । रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच सोमबार बेलारुसको गोमेल क्षेत्रमा भएको वार्ताको जवाफ दिँदै प्रवक्ता वाङ वेनबिनले दैनिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो । ‘हामीले नोट गरेका छौं, दुई पक्ष निकट भविष्यमा नयाँ चरणको वार्ता गर्न सहमत भएका छन्’ वाङले भन्नु भएको छ । चीनले दुई पक्षले वार्ता र वार्ताको प्रक्रियालाई निरन्तरता दिने र दुवै पक्षको उचित सुरक्षा चासोलाई समेट्ने, युरोपको साझा सुरक्षा र युरोपमा दिगो शान्ति र स्थायित्वका लागि उपयुक्त हुने राजनीतिक समाधान खोज्ने आशा राखेको बताउनु भएको छ ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved