• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: नेपाल भ्रमणमा चिनियाँ विदेशमन्त्री आउँदै

Card image cap

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको मिति तय भएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले यही चैत ११ गते नेपाल भ्रमण गर्न लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री वाङको भ्रमणका बारेमा जानकारी दिएको छ । भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उहाँको भ्रमणका अवसरमा नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताको कार्यक्रम तय भएको छ । नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा खड्का र उहाँका चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरमा यही चैत १२ गते द्विपक्षीय हित र चासोका बारेमा छलफल गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved