• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: मेक्सिकोको सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु

Card image cap

मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधबार बताएका छन् । "आज बिहान, प्लान्टको प्रवेशद्वारमा कामदारहरूको दुई समूहबीच भएको आक्रमण बारेमा ९११ आपतकालीन सेवाहरूमा रिपोर्ट गरिएको थियो," फयादले ट्वीट गरेका छन्। झडपमा संलग्न नौ जना कामदारहरूलाई हिरासतमा लिइएको छ। यो झडप प्लान्टको प्रशासनको नियन्त्रणलाई लिएर कामदारहरू बीचको लामो समयदेखि चलिरहेको विवादसँग जोडिएको स्थानीय मिडियाले रिपोर्ट गरेको छ। रासस

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved