• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले चीनमाथि गलत आरोप लगाएको चिनियाँ विदेश म??

Card image cap

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको ‘बढ्दो प्रभाव’लाई सञ्तुलित गर्नुपर्ने बताएपछि अमेरिकी अधिकारीले चीनबारे भ्रामक टिप्पणी दिएको भिनिया विदेश मन्त्रालयले जनाएको छ । व्लिङ्केनको भाषणले चीनबारे ‘गलत सूचना फैलाएको, चीनबाट सुरक्षा खतरा हुने भन्ने बिषयलाई बढाइचढाइ गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको स्वदेश तथा तथा विदेश नीतिलाई निन्दा गरेको’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा बताउनुभएको छ । चीनले आफ्नो बढ्दो प्रभाव र विश्वव्यापी महत्वाकांक्षाबारे हालैका दिनहरूमा संयुक्त राज्य अमेरिका र उसका पश्चिमी सहयोगी राष्ट्रहरूबाट चेतावनीको स्वरको सामना गर्नुपरेको छ । बिहीबारको भाषणमा ब्लिन्केनले चीनको ‘अन्तरराष्ट्रिय अवस्थालाई पुनः आकार दिने अभिप्राय” बारे चेतावनी दिनुभएको र विश्वव्यापी व्यवस्थामा सुरक्षाको लागि आह्वान गर्नुभएको थियो । उहाँले बेइजिङलाई आफ्नो इलाकाको भागको रूपमा चीनले दाबी गरेको स्वशासित द्वीप ताइवानमाथि तनाव बढाएको आरोप पनि लगाउनुभएको थियो । उहाँले बेइजिङले “विश्वभरका देशहरूसँग ताइवानको सम्बन्धलाई टुटाएको र यसलाई अन्तरराष्ट्रिय संगठनहरूमा भाग लिनबाट रोकेको आरोप लगाउनुभएको थियो । ब्लिङ्केनको भाषणको ‘खरो रूपमा खण्डन’ गर्दै चीनले यसको कुटनीतिकरूपमा विरोध गर्ने वाङले बताउनुभयो । उहाँले भन्नुभयो, “वासिङ्टनले ‘चीनको विकासलाई रोक्न, दबाउन र अमेरिकी शासन र शक्ति कायम राख्न’ प्रयास गरेको देखिन्छ ।” रासस

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved